तामाङ भाषाको चलचित्र ” टु “ ( पसिना ) का कलाकार विगेन्द्र वाइबालाई उत्कृष्ट अभिनेता अवार्ड

440 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,१९ भदौ बुधबार २०८१ । गणेश हिमालकाे सेरोफेरोमा बसाेबास गर्ने तामाङ समुदायकाे संस्कृति, परम्परा र रितिरिवाजलाई समेटेर बनाईएको तामाङ भाषाको चलचित्र ” टु “ ( पसिना ) का कलाकार नुवाकोट देउरालीका विगेन्द्र वाईबा उत्कृष्ठ अभिनेताका रुपमा सम्मानित भएका छन् ।

२९ औं तामाङ चलचित्र प्रदर्शन दिवसकाे अबसर पारेर  कलाकार वाइबालाई उत्कृष्ट अभिनेता  टिएफआर अवार्ड प्रदान गरेको हो ।कलाकार वाइबाले चलचित्रमा परिवारकाे अबिभाबककाे भूमिका निर्वाह गर्नु भएको छ। साे चलचित्र २ घण्टा लामाे रहेको छ।

चलचित्रको कथामा  धादिङ ,रसुवा र नुवाकोटका तामाङ समुदायहरु आफ्नो जिविकाेपार्जनका निम्ति कतिसम्म पसिना बगाउँछन भन्ने तथ्यलाई उजागर गरेको छ।

वाईबाले तामाङ भाषामा आधारित चलचित्रमा उत्कृष्ट अभिनेतामा छनाेट हुन पाउँँदा खुशि व्यक्त गर्नु भएको छ। सम्पुर्ण टिमकाे मेहनतले चलचित्र राम्रो भएकोमा सबै कलाकारहरुलाई धन्यवाद दिदै यस सम्मानले आगामी दिनमा काम गर्न थप उत्साह भएको उहाँको भनाइ थियो ।

२९ औं तामाङ चलचित्र प्रदर्शन दिवसकाे अबसर पारेर विविध विधामा अन्य कलाकारहरु पनि सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सर्वाेउत्कृष्ठ अभिनेता विधामा बिगेन्द्र वाईवा, सेर्कु बाट सर्वाेउत्कृष्ठ कथाकारमा रितुराज पाख्रिन र  संगीतकारको विधाबाट  राेसन फ्युबा तामाङ लगायत रहेका छन् ।

यस्तै  अवार्ड प्राप्त गर्नेहरुमा निर्देशक निमा लामा तामाङ (फिलिम तिङ्ला नाङ्साल), निर्माता भगवती मोक्तान (फिलिम दोर्जे डन ब्याक अगेन) ,नायक कुमार मोक्तान (फिलिम दोर्जे डन ब्याक अगेन) ,नायिका सिता लामा (फिलिम मायासे लासि) ,ब्यानर अमर लामा (ससेस फिलिम) फिलिम दोर्जे डन ब्याक अगेन,कथालेखन रितुराज पाख्रीन (फिलिम सेर्कु),दुन्द्व निर्देशक  राजु किरात, फिलिम, नृत्य निर्देशक सुनिल मोक्तान (फिलिम का..ला..) सम्पादन दिपक तामाङ (फिलिम ह्युल्ला कानुन) ,छायांकन बिस्वास भण्डारी (फिलिम थुजुछे) ,खलनायक बिकु बहादुर थोकर (फिलिम म्लाङ पावार),सह–नायक आराम्भ तामाङ (फिलिम ङ्हो)सह–नायिका रुपा एस घले (फिलिम ब्रेल्साङ),नब नायकसमिर रुम्बा (फिलिम मायाला घ्रान),नब नायिका छिरिङ मुक्तान (फिलिम मायाला ),अभिनेत्री भुइसाल लामा (फिलिम आबालेङ्ला नाम्सा),हास्या कलाकार कुइसाङ रुम्बा (फिलिम म्हेन्दो),गायक बिसाल काल्तान (फिलिम मायासे लासि),गायिका जितु लोप्चन (फिलिम म्लङ पावार) मिडिया म्हेन्दोला फोले (सुनिल लामा), सङ्गीत जोगलाल लामा (फिलिम ब्रेल्साङ) र शब्दमा  कुमार स्याङबा रहनु भएको छ।


One thought on “तामाङ भाषाको चलचित्र ” टु “ ( पसिना ) का कलाकार विगेन्द्र वाइबालाई उत्कृष्ट अभिनेता अवार्ड

  1. धन्यवाद । थुजेछे । धादिङन्यूज, मेरो उपलब्धीको समाचार प्रकाशन गरिदिनुभएकोमा धेरैधरै धन्यवाद छ । तामाङ चलचित्रसंघको समाचार प्रकाशन गर्नु भएकोमा म मेरो र चलचित्र संघको सबैको तर्फबाट धन्यवाद ।

Comments are closed.