बडा दशैैंको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा अर्चना गरिँदै

146 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १९ असोज २०८१ । बडा दशैैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा अर्चना गरिदैँछ ।  घटस्थापनादेखि नै  नवरात्रमा दुर्गा भगवतीका ९ स्वरुपको पूजाआजा गर्ने गरिन्छ ।

चन्द्रघण्टादेवी दुर्गा भवानीको तेस्रो स्वरुपको रूपमा पुजिन्छ ।आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

चन्द्रघण्टा देवीलाई माता पार्वतीको सौन्दर्यका रुपमा पनि बुझिन्छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैंमा नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *