महादेवस्थान माविको ३६ औ बार्षिक उत्सब सम्पन्न
145 पटक पढिएको
धुनिबेशी,११ पुस २०८१ । धादिङको धुनिबेशी नगरपालिका वडा नं ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३६ औ बार्षिक उत्सब पुस १० गते बुधबार बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि धुनिबेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य रहनुभएको थियो । यसै गरी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती कार्यक्रमको बिशेष अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा नगरकार्यपालिका सदस्यहरुका साथै धुनिबेशी ५ का वडाध्यक्ष विशाल भट्टराईको आतिथ्य रहेको थियो ।
छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, पुर्व शिक्षक, व्यवस्थापन समितीका पुर्व अध्यक्ष, विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
बार्षिक उत्सबमा पुर्ब प्रधानध्यापक सम्मान, पुर्ब शिक्षक सम्मान,शैक्षिक क्षेत्रमा योगदान दिने अग्रव व्यक्तित्व सम्मान, अतिरिक्त क्रियाकलापमा बिजेता बिद्याथीलाई सम्मान गरिएको थियो ।
त्यसै गरी महादेबस्थान तेक्वान्दो एकेडेमी बाट खेल प्रदर्शन,तुलसा रुपाखेति स्मृति छात्रवृत्ति प्रदान,कक्षागत रुपमा कक्षा २ देखि १० सम्ममा नृत्य प्रस्तुत गरिनुका साथै बिद्यालयका प्रधानाध्यपाक केशव प्रसाद रुपाखेतीबाट आर्थिक प्रतिबेदन पेश गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा अतिथिहरुले महादेवस्थान मावि दक्षिणपूवी धादिङको उत्कृष्ठ बिद्यालयको रुपमा अघि बढिरहेको र आगामी दिनमा अझै गुणस्तरीय शिक्षा प्रदान गरेर नमूना शैक्षिक हव बन्नका लागि शुभकामना दिएका थिए ।