शोभा पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
204 पटक पढिएको
काठमाडौं,११ पुस २०८१ । शोभा पाठक भनेर चिनिने जानुका पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पुस १ मा पक्राउ परेकी पाठकविरुद्ध साइबर कसुरको आरोपमा मुद्दा दायर भएको थियो ।
प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएका थिए । त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई पुस १ मा पक्राउ गरेको थियो ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।