धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेद्वारी घोषणा
225 पटक पढिएको
धादिङ,१४ पुस २०८१ । धादिङ उद्योग बाणिज्य संघको आगामी कार्य समितिको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । यहि पौष २६ र २७ गते धादिङबेशीमा हुने धादिङ उद्योग बाणिज्य संघको ३१ औँ साधारणसभा तथा ११ औँ अधिबेशनमा भण्डारीले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
शनिवार धादिङबेसीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । भण्डारीको उम्मेदारीलाई धादिङ उद्योग बाणिज्य संघका ६ जना पूर्वअध्यक्षहरु तेजबहादुर भण्डारी, धुवबहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष तथा ११ औ अधिबेशन पछिका अध्यक्ष रामकुमार डल्लाकोटी लगायतले समर्थन जनाएका छन् ।
२०४८ सालमा स्थापना भएको धादिङ उद्योग बाणिज्य संघमा हाल १ हजार ९ सय १८ अठार सदस्य रहेका छन् । ११ औँ अधिबेशनले ३३ जनाको कार्यसमिति चयन गर्ने छ । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा निर्वाचन हुने तथा पछि अध्यक्ष स्वत: बरिष्ठ बाट जाने र अध्यक्षले कार्यसमितिको बैठकबाट पदाधिकारी चयन गर्ने बिधानमा ब्यवस्था रहेको छ ।
धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ५ मा जन्मेका रोहित भण्डारी २०६७ सालमा कार्यालय प्रमुखको रुपमा धादिङ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । संस्थामा ११ बर्ष कर्मचारी भई भएर काम गरे भएर काम गरेका उनि अहिले कार्यसमिति सदस्य रहेका छन् । भण्डारी हाल कन्सल्टेन्सी,कर भ्याट, हार्डवयर, प्रोसेसिङ ड्रिकिङ वाटर, सुर्य नेपालको डिलरसिप ब्यवसाय र ठेक्का पट्टामा सक्रिय रहेका छन् ।
भण्डारीको उम्मेदवारी घोषणा कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघका कार्यसमिति तथा पूर्व कार्य समितिका पदाधिकारीहरु, व्यवसायीहरुको उपस्थिती रहेको थियो । भण्डारीको उम्मेदवारी घोषणा एपछि यस अघि बरिष्ठ उपाध्यक्षको दावी गरेका होटल जनजिविकाका संचालक समेत रहेका अहिलेका उपाध्यक्ष राजाराम सिलवालले आफ्नो उम्मेदवारी फिर्ता लिएर भण्डारीलाई समर्थन गरेका छन् ।
रोहित भण्डारीका सार्वजनिक प्रतिवद्धताहरु :
धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने छु ।
वैध रुपमा जिल्लामा संचालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आबध्द गरी उनीहरुको ब्यवसायिक प्रवध्र्दन र बजारीकरणमा मेरो प्राथमिकता रहने छ ।
उद्योग ब्यवसाय मैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भय रहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने छु
उद्यमशीलता,नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने छु ।
मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा प्रवध्र्दन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने छु ।
उद्यमी-ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने छु ।
राष्ट्रिय–अन्तराष्ट्रिय फर्महरुसंग साझेदारी मार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने छु ।
महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि संभाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने छु ।
जिल्लाको पर्यटन प्रवध्र्दन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने छु ।
जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुछु । भने वुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्नेछु ।
जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र वजारीकरणको लागि पहल गर्नेछु ।
स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भुमिकालाई थप प्रभावकारी वनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय वनाउनेछु ।
धादिङ उद्योग वाणिज्य संघसंग केही परियोजनागत असल सिकाइहरु छन्, आगामी दिनमा तपशीलका विषय क्षेत्रमा परियोजनाहरु संचालन गर्ने छु ।
लेखा, मार्केटिङ, वाणिज्य क्षेत्रहरुमा इ –कमर्स ल्पेटफर्मको विकास
कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण
स्थानीय हस्तकला र उद्योगको प्रवध्र्दन र क्लस्टर विकास
इको पर्यटन प्रवध्र्दन
स्थानीय बजारहरुको स्थापना र आधुनिकीकरण
सार्वजनिक नीजि साझेदारीबाट पूर्वाधार परियोजना संचालन एवम् औद्योगिक ग्राम स्थापना