प्रेस सेन्टर धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित
85 पटक पढिएको
धादिङ, २७ पुस २०८१ । प्रेस सेन्टर धादिङको अध्यक्षमा रेडियो विहानीका स्टेशन मेनेजर निर तामाङ निर्वाचित भएका छन् ।
शनिवार धादिङबेसी नीलकण्ठ पार्कमा सम्पन्न भएको सेन्टरको चौथो सम्मेलनबाट तामाङको अध्यक्षतमा ११ सदस्यिय कार्य समिति चयन भएको हो । जस्मा उपाध्यक्ष खुल्लाबाट सन्दिप स्याम्चेन,उपाध्यक्ष महिलामा दिपा लम्साल, सचिवमा विक्रम अधिकारी, खुल्ला सह सचिवमा सन्तोष परियार, समावेशी सह सचिवमा प्रेम नेपाली र कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् ।
त्यसै गरि सम्मेलनले कार्यसमितिको सदस्यमा रचना श्रेष्ठ,रविना विक,दिनेशलाल श्रेष्ठ र सन्तोष सुवेदीलाई चयन गरेको प्रेस सेन्टर धादिङका इन्चार्ज एवम् केन्द्रिय सदस्य नारायण सिलवालले जानकारी दिनु भयो ।
प्रेस सेन्टर धादिङका अध्यक्ष राजन अधिकारीको अध्यतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रम संगठनका केन्द्रिय अध्यक्ष जुगल सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष कमल गिरी,केन्द्रिय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौत्तम, कर्णली प्रदेश अध्यक्ष प्रतिक शर्माका साथै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु पुष्पबिक्रम मल्ल, शालिकराम जमकट्टेल, रामबहादुर भण्डारी,वागमती प्रदेश कमिटीका सह सचिव दलवहादुर बुर्लाकोटी,जिल्ला अध्यक्ष मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्षहरु नवराज छत्कुली, राजाराम शर्मा,प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य केशव अधिकारी, प्रेस यूनियनका पूर्व अध्यक्ष पोषनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।