मापसेका कारण पाँच महिनामा ६२१ सवारी दुर्घटना, ४७ जनाको मृत्यु

48 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, १ माघ । देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ती दुर्घटना भएका हुन् ।

२०८१ साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा रेकर्ड गरिएको ती दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ । ती घटनामा ८०७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मापसे गरी सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामा भएका छन् । उक्त अवधिमा काठमाडौं उपत्यकामा भएका ३७७ वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ३९९ जना घाइते भएका छन् ।

सबैभन्दा कम दुर्घटना कर्णाली प्रदेशमा भएका छन् । उक्त समयमा कर्णाली प्रदेशमा भएका १२ दुर्घटनामा १४ जना घाइते भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *