अदालतले मागेको ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने

383 पटक पढिएको

२ माघ २०८१, बुधबार २०:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ,२ माघ २०८१ ।  सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम ६० लाख रुपैयाँ धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  छुटेका छन् ।

जिल्ला अदालत काठमाडाैंले ६० लाख धराैंटीमा रिहा गर्न आदेश दिए लगत्तै लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएका हुन् ।

गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो ।

सभापति लामिछानेविरुद्ध रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो ।