धादिङमा माघ १० देखि २० गते सम्म लोक सांस्कृतिक महोत्सव हुने (भिडियो सहित)

93 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,६ माघ २०८१ । लोकसंस्कृति र कलालाई संरक्षण गर्न धादिङमा पहिलो पटक लोक सांस्कृतिक महोत्सव हुने भएको छ । ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित महोत्सवको आयोजना गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गरेको हो । शनिबार पत्रकार सम्मेलन गरि यहि माघ १० देखि २० गते सम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो ।

  ‘कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई प्राथमिकतामा राखिएको छ । एक सय वटा स्टल रहनेछ । एक लाख दर्शकले अवलोकन गर्ने र तीन करोड बराबरको आर्थिक कारोबार हुने आंकलन गरिएको छ ।’

महोत्सवमा दैनिक जीवनका उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामग्री,कपडा, भान्सामा प्रयोग गरिने सामग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहने छ। महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ विभिन्न खेलहरू खेल्न सकिनेछ।

त्यसै क्रममा दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ।

मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताउनुभयो । महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।

सांस्कृतिक गतिविधिबाट लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिनुका साथै धादिङको संस्कृति झल्किने गरि लोकनृत्य र लोकगायन र लोकबाजा र स्थानिय तथा राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुति रहने वताईएको छ ।


One thought on “धादिङमा माघ १० देखि २० गते सम्म लोक सांस्कृतिक महोत्सव हुने (भिडियो सहित)

  1. businessiraq.com – Illuminate Your Path to Iraqi Business Success. Navigate the vibrant Iraqi business ecosystem with confidence using our exhaustive Iraq business directory, powered by detailed online business listings. Stay ahead of the curve with our real-time business news in Iraq, and explore Iraq jobs to find or fill your perfect role. Ready to dive into tenders? Our dedicated directory of tender opportunities puts you at the forefront of procurement. With Businessiraq.com, the Iraqi business landscape is yours to explore and conquer.

Leave a Reply

Your email address will not be published. Required fields are marked *