आशिका तामाङ २० हजार धरौटी तिरेर रिहा

319 पटक पढिएको

१८ माघ २०८१, शुक्रबार २१:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १८ माघ । अभद्र व्यवाहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २० हजार धरौटी रकम तिरेर अभियन्ता बताउने आशिका तामाङ शुक्रबार रिहा भएकी छन्।

काठमाडौं जिल्ला प्रशासनमा १० हजार धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले पक्राउ गरी उनलाई भक्तपुर लगेको थियो। भक्तपुरको सूर्यविनायन नगरपालिकाको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले पक्राउ अनुमति दिएको थियो।

झोलुङ्गे पुलमा रकम लिएको भनी नसोधी भिडिओ बनाएको कर्मचारीलाई अभद्र व्यवाहार गरेको तामाङविरुद्धको उजुरीका आधारमा प्रशासन कार्यालयले पक्राउ गर्न आदेश दिएको थियो।

उनी भक्तपुरको जगाती वृत्तमा हिरासतमा रहेकी थिइन्।