सामाजिक सञ्जालमा खुकुरी र तरबार देखाएर भिडियो पोष्ट गर्ने धादिङ गल्छीका रोमन आले सहित ७ जना पक्राउ
986 पटक पढिएको
काठमाडौं,२४ माघ २०८१ । काठमाडौंबाट सात जना गुन्डा पक्राउ परेका छन्। केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो।
बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं-२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर, गोरखा आरुघाट गाउँपालिका-७ घर भई पवित्रनगर नै बस्ने २७ वर्षीय सुमन पराजुली रहेका छन्।
यस्तै, काभ्रे रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका-११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका-६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १०/१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए।
‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ, आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ,’ एसएसपी बस्नेतले भने, ‘गुन्डाहरूविरूद्ध हाम्रो अपरेसन सुरू भएको छ।’
गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएपछि बस्नेतले राजधानीमा गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए।








“Reading this article was such an enlightening experience! You’ve managed to address complex topics while keeping the content accessible and engaging. At ExplodingBrands (explodingbrands.de), we believe in the power of clear communication, and your article exemplifies this perfectly. The way you’ve structured your arguments and supported them with relevant examples demonstrates a deep understanding of the subject matter. These insights add significant value to the ongoing dialogue about contemporary trends. Thank you for contributing such meaningful content!”
“I agree with your points, very insightful!”
“I appreciate the detailed explanation, very helpful!”
5buwzc
“Your writing style is engaging and clear, love it!”
“Amazing post, keep up the good work!”