रोलरको ठक्करबाट धादिङ गङ्गाजमुना ५ को ५५ वर्षीय साने गुरुङको मृत्यु

62 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ।काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *