ओल्मो र टोरेजको गोलमा बर्सिलोना विजयी
32 पटक पढिएको

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लस पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसै गरी एटलेटिको म्याड्रिड को २५ खेलमा ५३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तैगरी लस पलमासको २५ खेलमा २३ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।