धादिङको गुप्तेश्वर मन्दिर नजिकै ट्रिफर पल्टिंदा २ जनाको मृत्यु, ३ जना घाईते

346 पटक पढिएको

सम्पादक: Dhading News

धादिङं, १४ फागुन २०८१ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ पहरामा रहेको गुप्तेश्वर मन्दिर नजिकै मंगलबार मध्यरातमा भएको दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । चालक सहित ३ जना घाईते भएका छन् ।

शिवरात्रीको अवसर पारेर आज गुप्तेश्वरमा लाग्ने मेलामा जाने दर्शनार्थीहरुलाई खानेपानीको प्रवन्ध मिलाउन खानेपानी भरिएको ट्याङकी लिएर  गएको बा प्र-०१-००४क ३३५२ नम्बरको गुप्तेश्वर  मन्दिर नजिकै भिरमा पल्टिएर सो दुर्घटना भएको हो ।राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् ।

गल्छी गाउँपालिका-३ मा पर्ने कोर्थोक माथि रहेको गुप्तेश्वर गुफा धादिङकै चर्चित धार्मिक स्थल हो । यहाँ हरेक वर्ष शिवरात्रिको दिन मेला लाग्ने गर्छ ।

गल्छी ३ का वडा अध्यक्ष राजन भुजेलका अनुसार दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ भने चालक सहित ३ जना घाईते छन् । घाईतेलाई रातीनै उद्धार गरी धादिङबेंसीस्थित धादिङ अस्पतालमा उपचारका लागि पठाईएको थियो  भने अहिले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मध्यरातमा दुर्घटना भएको खबर आएपछि तत्काल उद्धारका लागि स्थानीयवासी , प्रहरी र उद्धारकर्मीहरुको टोली  घटनास्थल तर्फ गएपनि रातको समय र भिरमा भएको दुर्घटनाका कारण उद्धारमा कठिनाई भएको थियो ।दुर्घटनामा परेर गजुरी वडा न ६ स्यामैडाँडाका संयोग चेपाङ र जयराम चेपाङको घटनास्थलमानै मृत्यु भएको वडाअध्यक्ष भुजेलले जानकारी दिनु भयो ।मृतक दुवै जना भानुभक्त मावि जरेमा अध्ययनरत बिद्यार्थी हुन् । घाइतेहरूमा गजुरी-६ कै १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ छन्।

चालकले गाडी फर्काउन पछाडि ल्याउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाँचेको प्रहरीलाई बताएका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *