प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको मिति सर्यो चैत्र १० र ११ मा विराटनगरमा हुने

297 पटक पढिएको

१५ फाल्गुन २०८१, बिहीबार २१:०४ सम्पादक: धादिङ न्यूज

काठमाडौ । प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको मिति सरेको छ । यसअघि यही फागुन २५ र २६ गते हुने भएको निर्वाचन आगामी चैत्र १० र ११ गतेका लागि सरेको हो ।

स्थान भने विराटनगर नै हुने भएको छ ।

आज बसेको चौतारीको सचिवालय बैठकले उक्त निर्णय गरेको महासचिव हिरामान लामाद्धारा प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।