धादिङका मालपोत अधिकृत चेत बहादुर सिंह ( राजा) को निधन

623 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १७ फागुन २०८१ । मालपोत कार्यालय धादिङका मालपोत अधिकृत पदमा कार्यरत कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ ।

शुक्रबार दिउसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा सिंह को निधन भएको कलाकार तथा कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।

नेपाल चलचित्र कलाकार संघका पुर्व महासचिव,वरिष्ठ कलाकार,निर्माता समेत रहेका सिंहको २०८१ साल फागुन १६ गते अपरान्ह करिब ४:०० बजे काठमाडौं महाराजगन्ज स्थित शिक्षण अस्पतालमा  उपचारको क्रममा  निधन भएको हो ।

केही फिल्मका निर्माता समेत रहेका सिंह पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए ।

उनको निधनले नेपाली कला क्षेत्र शोकमग्न बनेको छ। नेपाली कांग्रेससम्बद्ध साँस्कृतिक संघको केन्द्रीय सदस्य समेत रहेका सिंहले लामो समयदेखि नेपाली चलचित्र र टेलि सिरियलमा महत्वपूर्ण योगदान दिँदै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *