सुमन स्मृति कपको विजेता बन्यो मित्र युवा क्लव (एमवाईसि)

163 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १८ फागुन २०८१ ।  धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एम वाई सि) ले जितेको छ ।

आयोजक टिम धादिङ फुटबल क्लव (डि एफ सि) लाई २–० गोलले पराजित गर्दै एम वाई सि ले उपाधि जितेको हो ।

शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एम वाई सि र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डि एफ सि फाइलन प्रवेश गरेको थियो ।

शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एम वाई सि दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित ग¥यो ।

विजेता एम वाई सि का खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता डि एफ सि लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

 प्रतियोगीतामा उत्कृष्ट प्रशिक्षक एम वाई सि का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम वाई सि कै अनिल राना मगर, उत्कृष्ट गोल किपर एम वाई सि का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि एफ सि का समिर गुरुङ घाेषित भए । उनीहरुलाई नगद पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *