मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनैपर्ने

44 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं, २० फागुन २०८१ । सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः लागू गर्ने भएको छ ।  यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई सरकारले पुनः ब्युँताउन लागेको हो ।

सरकारले संसद्‌मा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा  मोटरसाइकल तथा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा पछाडि बस्ने व्यक्तिले समेत हेल्मेट लगाउनुपर्ने व्यवस्था व्यवस्था उल्लेख छ ।

विधेयकको प्रतास्वनामा भनिएको छ, “मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप लगाउनुपर्नेछ ।”

साथै, दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्दा बालबालिकालाई चालकको अगाडि राख्न नपाइने व्यवस्था पनि प्रस्तावनामा उल्लेख छ ।

उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमिटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *