टन्सिल के हो ?
48 पटक पढिएको

धादिङ, २ चैत २०८१ । घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । चिसो मौसम सकिएर गर्मि शुरु हुनै लाग्दा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा टन्सिलाइटिसका बिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् । चिकित्सकहरुका अनुसार घाँटी टन्सिलाइटिसका कारण मात्रै नदुखेर अन्य धेरै कारणले दुख्न सक्छ । सबै घाँटी दुखाई टन्सिलाइटिस हुँदैन ।
घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बीचमा रहेको ग्रन्थीलाई टन्सिल भनिन्छ । सोही घाँटी पछाडिको दुईवटा ग्रन्थीमा संक्रमण हुनुलाई टन्सिलाइटिस भनिने चिकित्सकहरु बताउँछन् । जिब्रोको तल्लो भाग र घाँटीको माथिल्लो भागको टन्सिलले फिल्टरको रुपमा काम गरी संक्रमण हुनबाट जोगाउन एन्टिबडी पनि बनाउँछन् । यदि टन्सिलले फिल्टरको रुपमा काम गरेन भने श्वासप्रश्वासका माध्यबाट भाइरस वा ब्याक्टेरिया संक्रमण हुन्छ ।
टन्सिलाइटिस तीन प्रकारको हुन्छ । जस्तै, ‘तीव्र टन्सिलाइटिस’ हुँदा सामान्यतया ३–४ दिनदेखि २ हप्तासम्म रहन सक्छ । अर्को ‘बारम्बार देखिने टन्सिलाइटिस’यो एक वर्षमा धेरै पटक पटक देखिन्छ । तेस्रोमा ‘क्रोनिक टन्सिलाइटिस’ यो तब हुन्छ, जब तपाईलाई लामो समयसम्म टन्सिल संक्रमण हुन्छ ।