नेपाल सरकारका उप सचिव विचारी प्रसाद अधिकारीको निधन

362 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २ चैत २०८१ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरी घर भएका नेपाल सरकारका उप सचिव विचारी प्रसाद अधिकारीको ५३ बर्षको उमेरमा निधन भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौंको प्रमुख पदमा कार्यरत अधिकारीको शुक्रवार काठमाण्डौंको कलंकी स्थित निवासमा निधन भएको हो ।

अधिकारीको निधनले देशले एक होनहार राष्ट्रसेवक गुमाउनुका साथै शैक्षिक क्षेत्रमा समेत ठूलो क्षती पुगेको छ । बिद्यालय निरिक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेका अधिकारी नेपाल सरकारका उप सचिव पदमा कार्यरत थिए ।

अधिकारीको निधन प्रति निजामति कर्मचारी, शिक्षक, विभिन्न दलका नेता, सामाजिक क्षेत्रका व्यक्ति लगायतले सामाजिक सन्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।अधिकारीको शुक्रवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।स्वर्गिय अधिकारीको श्रीमती, २ छोरा र १ छोरी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *