आदमघाटमा बिद्युत्त लाईन सर्ट भई घर भित्र आगलागी

237 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२ चैत २०८१ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ आदमघाटमा शुक्रवार राती  बिद्युत्त लाईन सर्ट भई घर भित्र आगलागी भएको छ ।

राती १० वजेको समयममा दिपेन्द्र अधिकारीको घरको भान्सा कोठामा अचानक आगलागी भएपछि घरमा रहेका र छिमेकीहरु मिलेर तत्काल आगो निभाउने प्रयास गरिएको र थप क्षती हुन नपाएको स्थानीयले वताएका छन् । फ्रिजमा जोडिएको बिद्युत्त लाईन सर्ट भई निस्किएको आगोले भान्सा कोठा भित्र रहेको सामानहरु सबै जलेर नष्ट भएको छ ।रातीको समयमा आगलागी भएपछि स्थानीय त्रसित हुन पुगेका थिए ।

आगलागीको खबर पाएपछि गजुरीबाट दमकल वोलाईएको भएपनि दमकल पुग्नु अघिनै स्थानीयले आगो निभाएका कारण थप ठूलो क्षती हुन नपाएको छिमेकीहरुले वताए ।


2 thoughts on “आदमघाटमा बिद्युत्त लाईन सर्ट भई घर भित्र आगलागी

  1. क्षतिपुर्ती कस्ले तिर्ने?फ्रीज निर्माण कम्पनिले कि नेपाल बिधुत प्राधिकरणले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *