नेपाल आयल निगमले घटायो पेट्रोल,डिजेलको मुल्य

444 पटक पढिएको

२ चैत्र २०८१, शनिबार २०:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं ,२ चैत २०८१ ।   लगातारको मूल्यवृद्धिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ । त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।

आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गर्दा यसपटक मूल्य घटेको हो ।

नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।