नागढुंगा सुरुङमा फेरि स्थानीयको अवरोध,सुरुङमार्गको काम ठप्प

85 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं-आइतबार, ३,चैत २०८१ । पटक पटक स्थानीयको अबरोध हुँदै आईरहेको निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीयले फेरी ठप्प पारेका छन्।

खानेपानीको व्यवस्था गर्नुपर्नेलगायत माग राखेर काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले आइतबारदेखि सुरुङमार्ग निर्माणको काममा अवरोध गरेका हुन्।

स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडान राख्दै सुरुङको मुख अगाडि मागसहितको ब्यानर टाँगेर विरोध जनाएका छन् ।

स्थानीयको अबरोधले काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प बनेको छ। स्थानीयको पटक-पटकको अवरोधले गर्दा आयोजना पूरा हुन सकेको छैन।

यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले अवरोध गरेका थिए। निर्माणमा कुनै समस्या नआए आगामी असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ।

२०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८६ प्रतिशत काम सकिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *