पत्रकार महासंघ धादिङकाे सूचना अधिकारीमा ‘सन्ताेषराज श्रेष्ठ’

88 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाकाे सूचना अधिकारीमा सन्ताेषराज श्रेष्ठ, गुनासाे सुन्ने अधिकारी मा बद्री अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फाेकल पर्सन) अस्मिता पाेखरेललाई ताेकिएकाे  छ ।

शाखाको ०८१ चैत ४ गते बसेकाे बैठकले पत्रकारकाे हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रता लाेकतन्त्रकाे पुर्ण उपभाेगकाे आव्हान गर्दै  सूचना अधिकारी,गुनासाे सुन्ने अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फाेकल पर्सन) तोकिएको शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयाे ।

महासंघकाे केन्द्रीय समितिको ०८१ माघ २९ गते धुलिखेलमा सम्पन्न पहिलो  बैठकबाट केन्द्रीय समिति तथा सबै प्रदेश र जिल्ला समितिमा सूचना अधिकारी तोक्ने निर्णय भएअनुसार नेपाल पत्रकार महासंघ धादिङले पनि सूचना अधिकारी नियुक्त गरेकाे जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नेपाल पत्रकार महासंघ धादिङकाे ०८१ चैत ४ गते बसेकाे बैठकले  सदस्यता नविकरणका लागि सदस्यहरुलाई अनुराेध गरेकाे छ । सदस्यहरुले कार्यालयमा सम्पर्क गरेर सदस्यता नविकरण गर्न सक्नेछन् । सबै सदस्यकाे सदस्यता समय चैत मसान्तमा सकिँदै छ ।

यसै गरी नेपाल पत्रकार महासंघ स्थापना दिवसकाे अबसरमा धादिङ शाखाले चैत १६ गते संचारकर्मी संचार संस्थाहरुसंग अन्तर्कृया गर्ने कार्यक्रम तय गरेकाे वताईएको छ ।

बैठकले नेपाल पत्रकार महासंघकाे जिन्सि अभिलेख दुरुस्त नदेखिएकाेले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिईएकाे र   नेपाल पत्रकार महासंघका धादिङ शाखा संस्थापक सचिव तथा पुर्व अध्यक्ष राजेन्द्र प्रताप शाहकाे शालिक निर्माणका लागि साझेदारी गर्न आव्हान समेत गरिएकाे महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *