काठमाडौंबाट करिब २५ करोड रकम सहित एकजना पक्राउ

48 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ,२०८१ चैत्र ५।प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नगदसहित एक जना लाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब २५ करोड रुपैयाँबराबरको रकम बरामद गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एकजनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा नेपाली, अमेरिकी डलर र युरोलगायत छन् ।

प्रहरीले ट्रकसँगै सिन्धुपाल्चोकका केसाङ लामालाई टोखाबाटै नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा लामा सुन तस्करीमा पहिलादेखि नै संलग्न रहेको व्यक्ति भएको खुलेको छ।

लामा सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेर रिहा भएको प्रहरीले जनाएको छ। उनी २०७३ सालमा पक्राउ परी जेल परेका थिए। २०७८ सालमा उनी रिहा भएका थिए।

त्यसपछि उनी फेरि सुन तस्करीमा नै सक्रिय रहेको खुलेको छ। टोखामा फेला परेको ट्रकको मालिक र चालक केसाङ नै रहेको प्रहरीले जनाएको छ।

ट्रकमा रकम लिएर लामा केरुङ जाँदै गरेको र सो रकम केरुङमा बुझाएर सुन लिएर आउने तयारीमा उनि रहेको बुझिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *