धादिङ न्यूज डट कमका कार्यकारी सम्पादक बुद्धिमान वाईबालाई पितृशोक
16 पटक पढिएको

धादिङ। धादिङ न्यूज डट कम अनलाईन पत्रिकाका सञ्चालक तथा कार्यकारी सम्पादक बुद्धिमान वाईबालाई पितृशोक परेको छ।
कार्यकारी सम्पादक वाईबाका बुवा कमानसिंह तामाङको ८४ बर्षको उमेरमा चैत २ गते शनिबार निधन भएको हो ।
गएको एक बर्ष देखि दमको समस्या संग जुध्दै आईरहेका तामाङको जन्म बि.सं.१९७७ चैत ११ गते नुवाकोटको देउराली ( हालको मेगाङ) मा भएको हो । पूर्वजनप्रतिनिधि ( वडा सदस्य) समेत रहेका तामाङ २०४२ सालमा देउराली बाट बसाई सरेर धादिङको नलाङ नयाँबस्ती आएका थिए ।
स्वर्गिय तामाङका तीन छोरा, चार छोरी र १३ नाती नातीना रहेका छन् ।
धादिङ न्यूज डट कम परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछ । ।