इजरायलद्दारा हमासका प्रधानमन्त्रीको हत्या मारिनेकाे संख्या ४१३ नाघ्याे
8 पटक पढिएको

तेल अहिव, ६ चैत । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ ।
इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए।
अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।
जसमा हमासका कमाण्डर तथा राजनीतिक नेता महमूद मारजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सल्तान र अहमद ओमर अब्दुल्लाह अल हता रहेका छन ।
इजरायलले हमाससँग जनवरी १९ बाट सुरु भएको युद्धविराम अन्त्य गरेको छ । मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्ध पुनः सुरु गर्ने विषयमा बयान दिएका थिए । नेतान्याहुले भने, ‘इजरायल लड्नेछ र जित्नेछ। हामी हाम्रा मानिसहरूलाई घर फर्काउनेछौं। हमासलाई समाप्त नगरेसम्म हामी पछि हट्ने वा आराम गर्ने छैनौं।’
इजरायलले मङ्गलबार बिहान गाजामा फेरि हवाई आक्रमण सुरु गरेको थियो । अहिलेसम्म इजरायली आक्रमणमा परी ४१३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । यस हमलासँगै गाजा र इजरायलबीच जनवरी १९ मा भएको दुई महिना पुरानो युद्धविराम तोडिएको छ ।