सञ्चय कोषले माग्यो यी पदमा ३८ जना कर्मचारी
42 पटक पढिएको

काठमाडौं । कर्मचारी सञ्चय कोषले ३८ जना कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ ।
शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै कोषले आठौँ तहदेखि पाँचौंसम्मका कर्मचारी मागेको हो । प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो ।
हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक कायम गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने छन् ।