सिक्किममा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगितामा धादिङका बिष्णुलालको टिम बन्यो बिजेता

411 पटक पढिएको

३ बैशाख २०८२, बुधबार ००:३८ सम्पादक: धादिङ न्यूज

 धादिङ ,२ बैशाख २०८२। भारतको सिक्किममा आयोजित  प्रथम सोरेङ्ग  खुल्ला व्याडमिन्टन प्रतियोगिता २०२५ को उपाधी  नेपाली खेलाडी धादिङका बिष्णुलाल श्रेष्ठको टिमले जितेको छ ।

सिक्किमको सोरेङ्ग ब्याडमिन्टन एशोसियशनले २०८१ चैत्र ३१ देखि २०८२ वैशाख २ सम्म सञ्चालन गरेको  प्रतियोगितामा विभिन्न १९ बिधा मध्ये उमेर समूह ६०+ मा नेपालबाट सहभागी  विष्णु लाल श्रेष्ठ र कालिम्पोङका नील रानाको जोडीले नेपालबाटै सहभागी पुर्ब डिआईजी पूर्ण चन्द्र जोशी र सुरेशचन्द्र श्रेष्ठको जोडीलाई २१-१२ र २१-१६ को सोझो सेटमा पराजित गरी प्रथम हुन सफल भएको हो ।

प्रतियोगिताको सोहि विधामा नेपालबाट सहभागी रमेश भट्टचन र दान बहादुर तामाङको जोडी तेश्रो भएको छ ।

यस्तै उमेर समूह ५५+ विधामा पुर्ब डिआईजी जोशी  र गणेश चन्दको टिम तृतीय  भएको छ ।  टिम नेपालको मुख्य प्रशिक्षक र व्यवस्थापक वरिष्ठ खेलाडी रमेश भट्टचनको नेतृत्वमा नेपालको टोली प्रतियोगितामा सहभागि भएका थिए ।

नेपाल बाट गएका खेलाडीलाई प्रतियोगिता अवधिभर खाने बस्नेको सुविधा सोरेङ्ग ब्याडमिन्टन एशोसियसनले उपलब्ध गराएको थियो।