नेपाली कांग्रेस घरदैलो कार्यक्रममा

390 पटक पढिएको

प्रकाशित मिति: २०७०, ५ कार्तिक मंगलवार ०५:२१

सम्पादक: Dhadingnews.com

 

 

गोगनपानी/संविधान सभा निर्वाचन अभियान अन्तर्गत सोमबार नेपाली कांग्रेस क्षेत्र नंबर २ का उम्मेद्धार रामनाथ अधिकारी सहितको टोलिले गोगनपानी गाउँविकास समितिमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

                 संविधान सभा सदस्यका प्रत्यासी उम्मेद्धार अधिकारी सहित कांग्रेस नेताहरु भीमप्रसाद ढुंगाना, रमेशप्रसाद धमला, उर्मिला थपलिया लगायतको जिल्ला स्तरका नेताहरुको समूह, गोगनपानीका पार्टी तथा भातृसंस्थाका प्रमुख एवं प्र्रतिनीधिहरु सहितको टोलीले मतदाताहरुको घरदैलोमा प्रचारप्रचार तथा भोट माग्ने कार्य गरेको गोगन पानीका नेपाली कांग्रेस पार्टी सभापति विशाल लुंगेली मगर ले जानकारी दिनुभएको छ ।  यसै गरि क्षेत्र नंबर ३ की प्रत्यासी उम्मेद्धार बुद्धलक्ष्मी लामालो नौविसे गाविसको माथिल्लो तामाङ बस्तीमा मतदाताहरुको घरदैलोमा भेटघाट तथा प्रचारप्रसार गर्नुभएको नेपाली कांग्रेस क्षेत्रनंबर ३ ले जनाएको छ । क्षेत्र नंबर १ मा भने  ६ गते दार्खा गाविस बाट घरदैलो अभिलान थालिने नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिले जानकारी दिएको छ । नेपाली कांग्रेसले धादिङका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन गतिविधि तिब्रताका साथ बढाइरहेको कांग्रेस धादिङका कार्यबाहक सभापति नन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ५ कार्तिक मंगलवार ०५:२१ मा प्रकाशित