धादिङको थांक्रे १० मा तीन वटा चितुवा मृत भेटियो

247 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ- धादिङको थाक्रे गाउँपालिका वडा नं १० गढीमा तीन वटा चितुवा शंकास्पद ढंगबाट मृत फेला परेको छ ।

गढीस्थित अदुवाबारीमा २ वटा र मकैबारी १ वटा चितुवा मृत भेटिएको थाक्रे गाउँपालिका वडा नं १० का वडा अध्यक्ष गोकुल लामिछानेले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।

बिहीबार दिउँसो घाँस काट्न गएका स्थानियले देखेर खबर गरेपछी आफुसँगै प्रहरीसहितको टोली घटनास्थलमा पुगेको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।

मृत अवस्थामा फेला परेको चितुवा सव-डिभिजन वन कार्यालय बैरेनीलाई बुझाइएको छ । सो विषयमा अनुसन्धान भईरहेको सव डिभिजन वन कार्यालय बैरेनीले जनाएको छ ।