धादिङ ज्यामरुङका डा.होम बहादुर रिजाल जस्ले जिते अन्तर्राष्ट्रिय अनुसन्धान बृत्ति

219 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज

धादिङ- आर्किटेक्चर संस्थान जापानबाट अनुसन्धान गरेवापत अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कार  प्राप्त गरेपछि  जापानको टोकियो सिटी विश्वविद्यालयका डिन अनुसन्धान प्रोफेसर डा.होम बहादुर रिजाल अहिले विश्वभर चर्चा मा छन् ।डा. रिजालले यो अनुसन्धान बृति केही महिना अघि पाएका हुन् । रिजालले पाएको यो पुरस्कारबाट संसारका विभिन्न स्थानमा गएर अध्ययन, अनुसन्धान गरिरहेका नेपाली प्रोफेसरहरु निकै उत्साहित भएका छन् ।

धादिङ जिल्लाको ज्यामरुङमा जन्मिएका डा. रिजाल सन् १९९२ मा जापान गएर उतै उच्च शिक्षा हासिल गर्दै हाल जापानको टोकियो सिटी विश्वविद्यालयको डिनका रुपमा कार्यरत छन् । रिजालले पाएको यो पुरस्कार अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कारमा गनिन्छ जुन विशिष्ठ प्रकारको अनुसनधान गर्नेहरुका लागि दिईन्छ ।

प्रोफेसर डा.रिजालले पाएको यो प्रतिष्ठत यो पुरस्कार जापानको प्रसिद्ध विश्वविद्यालयको प्रोफेसरहरुका लागि पनि विरलैमात्र प्राप्त हुने गर्दछ । पुरस्कार पाएपछि डा रिजालले भने मेरो अनुसंधानको जापानमा राम्रो मुल्यानकन भयो, यो पुरस्कारमा म र सहलेखकले करिब २५ बर्ष लगाएर गरेको ३३ ओटा जापानी, ८ ओटा र अंग्रेजी २५ ओटा अनुसंधान लेखलाई समाबेस गरिएको बताए । धेरै राम्रा जर्नलमा प्रकाशित भएको लेखहरु विश्वभरीका अनुसन्धानकर्ताले धेरै प्रयोग गरेकोले अन्तर्राष्ट्रिय मूल्याङ्कन पनि गरिएको हो” डा रिजालले खुसी व्यक्त गर्दै बताए । अनुसन्धानमा निरन्तर लागी रहेमा एक दिन फल मिल्नेछ भन्ने प्रमाणित भएको छ ।

डा रिजालले नेपालको परम्परागत घरहरु हावापानीसंग राम्रोसंग मिलेर बनेकोले गर्मीमा सितल र जाडोमा न्यानो हुने कुरा सबभन्दा पहिला पत्ता लगाएका थिए । त्यसपश्चात नेपाली घरहरुलाई इन्सुलेशन, एयर टाइट गरेमा अझै आनन्दित हुने तथ्य पनि अनुसन्धानको क्रममा पत्ता लगाएका थिए । यसका साथै नेपाली र जापानीहरुको आनन्दित तापक्रमको अनुसंधान गर्दा ऋतु र जलवायु क्षेत्र अनुसार धेरै फरक पाईएको थियो । नेपाल र जापानको घर, जापानको अफिस र विश्वको अर्ध बाहिर, बाहिरको आनन्दित तापक्रम अनुमान गर्ने मोडेल सबभन्दा पहिला डा रिजाल प्रस्ताव गरेको बताए । आनन्दित हुनको लागि गरिने विभिन्न कार्य–व्यवहार सम्बन्धी मोडेल पनि सबभन्दा पहिला प्रस्ताव गरेका थिए । यो सबै अनुसन्ंधानले तापिय आनन्द, ऊर्जा खर्चको कम, स्वास्थ्यको सुधारहरु गरि दिगो विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

डा रिजाल भन्छन् – सफल हुनको लागी धेरै लामो समय लाग्ने भएकोले हामीले आआफ्नो विषयमा अनुसंधान जारी राख्नु पर्छ । यो पुरुस्कार पाउन मलाई गाईड गर्ने प्रोफेसर, सहलेखक, विद्यार्थीहरुको ठुलो योगदान छ म सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई यो पुरस्कार प्राप्त गरेपछि थप जिम्मेवारी महसुश भएको छ, अझै धेरै काम हरु गरेर देखाउनु पर्नेछ ।