प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई बहुमतको विश्वास

206 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतबार विश्वासको मत लिएका थिए । त्यसक्रममा प्रतिनिधिसभामा उनको पक्षमा दुई तिहाई सांसदले समर्थन गरेका हुन्।

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्‍यो भने मत दिन्न भन्नेमा १ मत परेको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गरेका थिए ।

सभामुख घिमिरेका अनुसार ‘आजको प्रतिनिधिसभा बैठकमा २६३ सांसद उपस्थित थिए। उपस्थितमध्ये ओलीलाई १८८ सांसदले विश्वासको मत दिएका हुन्। एक जना सांसद भने तटस्थ बसेका छन्।’

प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलले समर्थन गरेका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले चाही ओलीको विपक्षमा मतदान गरे ।