धादिङको तिप्लिङमा सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट (विओपी) स्थापना

531 पटक पढिएको

१९ बैशाख २०८२, शुक्रबार १५:१० सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ,१९ बैशाख २०८२ । सशस्त्र प्रहरी बल नेपालले धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिकाको तिप्लिङ लप्दुङमा बोर्डर आउट पोष्ट (विओपी) को स्थापना गरेको छ ।

गृह मन्त्री रमेश लेखक र कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले शुक्रवार एक कार्यक्रमका बिच  विओपीको संयुक्त उद्घाटन गरेका हुन् ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर,हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला लगायतका ठाउँमा बिओपी स्थापना गरी संचालनमा ल्याईसकेको छ ।

विओपी उद्घाटन कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी ,धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म धादिङका प्रमुख लक्ष्मी थपलिया , नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखहरु लगायत संचारकर्मी र स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो ।

गृह मन्त्री लेखक सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा रुवीभ्याली पुगेको थियो ।विओपी स्थापना भएपछि जिल्लाको विकट क्षेत्रमा सुरक्षाको प्रत्याभूति हुनुका साथै त्यस क्षेत्रमा हुन सक्ने अपराधिक कृयाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ ।


Ijujst like the valuable innfo youu provice for yyour
articles. I wilpl bookmark your webllog aand tke a lok
aat onjce more here frequently. I’m rather certain I’ll
bbe toldd many new stuff righut here! Goood luck for tthe following!

My website: javmax.cc