पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला १३ बुँदे घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न
295 पटक पढिएको
हेटौंडा- नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ ।
सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधा लगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र प्रदेश विज्ञापन नीति निर्माणको विषयलाई प्रमुखताका साथ उठाईएको छ ।
भेलाले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र समिति अन्तर्गतका शाखाहरुको बैठक तथा कार्यक्रम ब्यवस्थित गर्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशको बैठक तथा कार्यक्रम सञ्चालन सम्बन्धि कार्यबिधि २०८२ पारित गरेको छ । महासंघको औपचारिक कार्यक्रम र बैठक ब्यवस्थित, पारदर्शी र मितब्ययी बनाउन कार्यबिधि निर्माण गरिएको महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले बताए ।
साथै, भेलाले प्रदेश विज्ञापन नीति निर्माणको लागि बागमती प्रदेश सरकारलाई दवाब दिन प्रदेश विज्ञापन नीति निर्माण सुझाव समिति गठन गरेका छ । पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष शंकर अधिकारीको संयोजकत्वमा गठिन समितिमा प्रदेश समितिका दुई सदस्यसहित मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, चितवन शाखाका अध्यक्ष बसन्त पराजुली र काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल रहेका छन् । समितिले तीन महिनाभित्र प्रदेशमा विज्ञापन नीतिको आवश्यकता र सञ्चार क्षेत्रले चाहेको नीतिबारे सुझावसहित प्रतिवेदन दिने बताईएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेशस्तरका पत्रकारका पेशागत संगठनका प्रमुख एवं प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो ।
यस्तो छ पत्रकार महासंघ बागमती प्रदेशको हेटौंडा घोषणापत्र
संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशिल रहने भेलाले प्रतिवद्ध जनाएको छ । ‘पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ,’ घोषणापत्रमा उल्लेख छ ।
तीनवटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न जोडदार माग गर्दै श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य विमा र दुर्घटना बिमामा समेट्ने लगायतका सामाजिक सुरक्षाका कार्यक्रममा समेट्न भेला सम्वद्ध पक्षसँग जोडदार माग गरेको छ । ‘स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ,’ हेटौंडा घोषणापत्रमा माग गरिएको छ ।
बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न माग गर्दै सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ । साथै, प्रदेशस्तरमा प्रशिक्षण केन्द्र र जिल्लास्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरि सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न माग गरिएको छ ।
सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै प्रदेश संचार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन घोषणापत्रमा माग गरिएको छ ।
‘महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई तथा महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ,’ घोषणपत्रमा भनिएको छ, ‘विपद र द्वन्दको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुलाई सुरक्षासहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारीता गर्ने पत्रकारहरुलाई लेखनवृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।’ घोषणापत्रको अन्तिममा मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुरगढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत प्रदेश भित्रका धार्मिक, ऐतिहासिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्न भेलाले माग गरेको छ ।








I loved as much as you’ll recceive carried oout right here.
Thee setch iss attractive, youjr authored subect mater stylish.
nonetheless, youu command gget bought an nervousness over
thbat yoou ish be elivering the following. unwell unquestionablyy cone furtuer formerly
agqin ass exactly the same nearl very often inside case you shield this hike.
My web page: jablex.com
https://shorturl.fm/a0B2m
I have bee exploring for a bit for anny high quality articdles orr
weblog pposts on tis kind oof housee . Explorig inn Yahoo
Ieventually stuumbled uponn this website.
Reading this inhfo So i am glad too show that I have a verdy good uncannny feelinmg I found outt juust whbat I needed.
I succh a lot unqyestionably will male csrtain to do not forget this weeb site and provkdes it a lok regularly.
my webb site: xnxx2.cc