आज ३ बजे अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने

286 पटक पढिएको

१५ जेष्ठ २०८२, बिहीबार ०५:४५ सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौँ । संसदको आज बस्ने बैठकमा बजेट पेश हुने भएको छ ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ ।

त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।