गल्छीको रैलेमा करेन्ट लागेर मिल सञ्चालकको मृत्यु

407 पटक पढिएको

१६ जेष्ठ २०८२, शुक्रबार ०५:५१ सम्पादक: धादिङ न्यूज

धादिङ,१६ जेठ २०८२ । करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार धादिङको गल्छी गाउँपालिका वडा नम्बर ५ रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो।

तामाङले आफ्नै घरको पिडिमा जडान गरेको गहुँ,मकै,कोदो पिस्ने मिलमा विहिबार कोदो पिस्ने क्रममा एक्कासि मेसिनमा करेन्ट सर्ट भई उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।