धादिङको मझिमटारबाट चितवनको शक्तिखोर निस्कने सुरुङमार्ग बनाउन सरकारको प्रस्ताव

929 पटक पढिएको

१७ जेष्ठ २०८२, शनिबार ०६:५० सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१७ जेठ २०८२ । सरकारले मझिमटार–शक्तिखोर सहित देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना वजेट भाषण मार्फत अघि सारेको छ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणकार्य अन्तिम चरणमा पुग्नै लाग्दा सरकारले विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको हो । ।

पहाड खोतलेर बनाइने सुरुङमार्गले यात्राको दूरी घटाउने भएकाले धादिङको वेनिघाटरोराङ गाउँपालिकाको मझिमटार स्थित पृथ्वीराजमार्गबाट चितवनको कालिका नगरपालिकामा पर्ने शक्तिखोर सम्म १०.६० किमि सुरुङ मार्ग निर्माणका लागि वजेट छुट्याईएको छ  ।

यातायात मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड विनियोजन गरेको सरकारले सुरुङ मार्गलाई बजेटमा महत्वका साथ समावेश गरिएको जनाएको छ ।

बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ । त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान–लेउती खण्डको काम शुरु हुनेछ ।

काठमाडौंको तिनकुने–जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ । त्यस्तै टोखा छहरे, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर, दुम्किबास–बर्दघाट र पाल्पाको प्रभास–जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको वजेटमा उल्लेख गरिएको छ ।

पौडेलले यस अघि अर्थमन्त्री हुँदा अघि सारेको मझिमटार शक्तिखोर सुरुङ मार्ग सम्भाव्यता अध्ययनलाई अर्का अर्थ मन्त्री जनार्दन शर्माको पालामा पनि एक अर्व वजेट विनियोजन गरिएको थियो ।सम्भाव्यता अध्ययनले  धादिङको मझिटारबाट चितवनको शक्तिखोर जोड्ने मझिमटार–शक्तिखोर सुरुङमार्गको दूरी १०.६० किमि र लागत ४५ अर्ब लाग्ने अनुमान गरेको थियो । यो पूर्व सम्भाव्यता अध्ययनका क्रममा निस्किएको प्रारम्भिक लागत र दूरी हो ।  सम्भाव्यता अध्ययनले यस ठाउँमा सुरुङ मार्ग निर्माण गर्न सकिने देखाएपछि सरकारले यो बर्ष वजेट विनियोजन गरी निर्माण कार्य अघि बढाउन लागेको हो । यो आयोजना निर्माण भएपछि सडक मार्गमा काठमाडौंबाट चितवनको दूरी छोट्टिने छ ।

 अप्ठ्यारो र घुम्ती सडकहरुको दुरी छोट्याइ सवारी आवागमन सहज बनाउन पहाड र भीरहरु प्वाल पारेर सुरुङ निर्माण गरिन्छ । यसले इन्धन र समयको बचत गराउँछ । विकसित देशहरुमा सयौं वर्षअघि देखि सुरुङमार्ग प्रयोगमा रहे पनि नेपालमा भने नागढुंगा सुरुङ मार्ग निर्माण भएपछि अन्य स्थानमा पनि  निर्माण हुन थालेको हो ।

 


🗓 + 1.512379 BTC.NEXT - https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=34b20cfde56fd2c80aeaffab4b6bd282& 🗓 says:

3l57xi