धादिङका १३ वटा पालिकामा कस्ले कति पाउने भए संघीय वजेट

508 पटक पढिएको

१९ जेष्ठ २०८२, सोमबार २२:१५ सम्पादक: धादिङ न्यूज

धादिङ,१९ जेठ २०८२ ।  आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले धादिङ जिल्लाका १३ वटा  पालिकालाई सशर्त अनुदानमा २ अर्ब ९५ करोड ७६ लाख बजेट विनियोजन गरेको छ । जसमा चालु खर्चतर्फ २ अर्ब ८४ करोड ७ लाख र पूँजीगत खर्चको लागि ११ करोड ६९ लाख विनियोजन  गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/०८३को  बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्लामा वित्तीय समानीकरण अनुदान बापत १ अर्ब ७१ करोड ३९ लाख अनुदान, समपुरक अनुदान बापत १८ करोड ५ लाख र विशेष अनुदान बापत १५ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको धादिङमा सबैभन्दा बढी बजेट नीलकण्ठ नगरपालिका ७० करोड ७८ लाख प्राप्त गर्ने भएको छ भने, बजेट सबैभन्दा कम रुवीभ्याली गाउँपालिका   १८ करोड ४८ लाख रहेकोे छ ।

त्यसैगरी बेनिघाट रोराङ गाउँपालिका ४५ करोड ९९ लाख, थाक्रे गाउँपालिकालाई ४१ करोड ९६ लाख, धुनीबेसी नगरपालिकालाई ३९ करोड ८२ लाख,त्रिपुरासुन्दरी गाउँपालिकालाई ३९ करोड ४२ लाख, गंगाजमुना गाउँपालिका ३६ करोड ९७ लाख,गल्छी गाउँपालिकालाई ३६ करोड ३६ लाख ,ज्वालामुखी गाउँपालिकालाई ३६ करोड १५ लाख अनुदान दिएको हो ।

त्यसैगरी  सिद्धलेक गाउँपालिकालाई ३५ करोड ५७ लाख ,गजुरी गाउँपालिकालाई ३४ करोड ८ लाख,नेत्रावती डबजोङ गाउँपालिकालाई २४ करोड ८१ लाख ,खनियाबास गाउँपालिकालाई २२ करोड ४९ लाख र रुवीभ्याली गाउँपालिकालाई १८ करोड ४८ लाख विनियोजन भएको छ ।

संघीय सरकारले प्रदेश र स्थानीय तहका लागि समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान दिदै आएको छ ।

धादिङका पालिकालाई सशर्त अनुदानमा २ अर्ब ९५ करोड ७६ लाख बजेट विनियोजन भएको छ । जसमा चालु खर्चतर्फ २ अर्ब ८४ करोड ७ लाख र पूँजीगत खर्चको लागि ११ करोड ६९ लाख विनियोजन  गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/०८३को  बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्लामा वित्तीय समानीकरण अनुदान बापत ५ अर्ब ५ करोड  अनुदान, समपुरक अनुदान बापत १८ करोड ८ लाख र विशेष अनुदान बापत ६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ ।


📟 Message- TRANSACTION 1.189000 BTC. Next >> https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=63da048c3f7025140a6a7f068b65a061& 📟 says:

9k95c1

📜 + 1.911273 BTC.NEXT - https://yandex.com/poll/T1TnDbUc4R9aLX7Nzhj1Cy?hs=63da048c3f7025140a6a7f068b65a061& 📜 says:

lzuhgm