नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

335 पटक पढिएको

२६ जेष्ठ २०८२, सोमबार ०४:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । स्कटल्याण्डले नेपाललाई २ रनले पराजित गरेको छ ।

आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा अल आउट हुदै ३२१ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्बाधिक ७३ रन बनाएका थिए भने सोमपाल कामीले ६७, दिपेन्द्र सिंह ऐरीले ५६ र आरिफ सेखले ३९ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १७, गुलशन झाले ११, करण केसीले अविजित  बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका थिए । त्यस्तै माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए ।

नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग- २ मा तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्याण्डको १९ खेलमा २४ अंक भएको छ । त्यस्तै नेपालको १५ खेलमा १० अंक रहेको छ र नेपाल सातौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत अब अर्को खेल मंगलबार नेपाल र नेदरल्याण्डसबीच हुने छ ।


🔏 + 1.533463 BTC.GET - https://yandex.com/poll/enter/47uYv1jDg9Q2bCy1CSWpTp?hs=5bfa69d4e8b4aa3a52cb241355c6da91& 🔏 says:

0679lq

🖲 Message: Process 1,25655 BTC. Confirm =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=5bfa69d4e8b4aa3a52cb241355c6da91& 🖲 says:

v64sj1