नेपाली टिमले अस्ट्रेलियामा ‘टप इन्ड टी-२० सिरिज खेल्ने

253 पटक पढिएको

१३ असार २०८२, शुक्रबार २१:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा ‘टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ ।

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

२०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । यस प्रतियोगितामा सहभागी हुने सबै टिमको अझै जानकारी सार्बजनिक गरिएको छैन ।

यो प्रतियोगितापछि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० सिरिज खेल्ने छ ।