आज प्रतिनिधि सभाको बैठक बस्दै

242 पटक पढिएको

१४ असार २०८२, शनिबार ०६:२२ सम्पादक: धादिङ न्यूज

काठमाडौ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्दैछ ।

आज ‘आर्थिक विधेयक, २०८२’ माथि प्राप्त संशोधनसहित छलफल हुने छ भने आर्थिक विधेयक, २०८२” माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत हुदैछ ।

त्यस्तै आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज गृहमन्त्री रमेश लेखकले ‘राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।