स्वास्थ्य बीमाको सेवा सुविधा लागू हुने समय अब छोटिने
251 पटक पढिएको
काठमाडौं- स्वास्थ्य बीमाको सेवा सुविधा लागू हुने समय अब छोटिने भएको छ। सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन (२०८२) अनुसार बीमित व्यक्तिले बीमामा दर्ता भएको महिना पश्चात तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा सुविधा लिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
नयाँ व्यवस्था अनुसार, बीमामा जुन महिनामा दर्ता भएको हो, त्यस महिनालाई पहिलो महिना मानिनेछ। त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाट नै बीमाले प्रदान गर्ने सेवा तथा सुविधाहरू प्राप्त गर्न सकिनेछ। यो नियम २०८२ साल साउन १ गतेदेखि लागू हुनेछ।
जसअनुसार साउन महिनाभरी (१ देखि ३२) गतेसम्म बीमा दर्ता गरेपनि असोज १ गतेदेखि सेवा पाइने सूचना अधिकारी विकेश मल्ल ठकुरीले जानकारी दिए।
यसअघि बीमामा दर्ता गरेपछि सेवा सुविधा प्राप्त गर्न केही समय पर्खनुपर्ने अवस्था थियो। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नागरिकहरू चाँडो सेवा सुविधा प्राप्त गर्न सक्नेछन्, जसले बीमा कार्यक्रमप्रति आम नागरिकको आकर्षण बढ्ने विश्वास गरिएको छ।








Share our offers and watch your wallet grow—become an affiliate! https://shorturl.fm/yKNu2