नागढुंगा–मलेखु सडक खण्डमा ४४ प्रतिशत काम सम्पन्न
276 पटक पढिएको
काठमाडौं । निर्माणाधिन नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।
दुई वटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्तर्गत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्तर्गत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक खण्ड पर्दछ ।
कुल ५५ किलोमिटर मध्ये हाल सम्म २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले बताए ।
ओझाका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरू मध्ये ८ वटा पुलहरूमा गाडी नै चल्न सुरु भइसकेका छन् बाँकी दुई वटा पुलहरूमा पनि छिट्टै गाडी चल्न सक्ने आयोजनाले जनाएको छ ।
बाँकी पाँच वटा पुलहरू आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फ पनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करिब ४४ प्रतिशत काम सम्पन्न भएको छ ।







