गरिब,असहाय र अशक्तका लागि थाँक्रे ६ मा वडाबाट निःशुल्क अटो सेवा शुरु

255 पटक पढिएको

३२ असार २०८२, बुधबार २१:०५ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिक, अपांग, अशक्त, असहाय, दलित, मजदुर, विपन्न समुदायका व्यक्तिहरू तथा आकस्मिक बिरामीहरूका लागि निःशुल्क  अटो सेवा सञ्चालनमा ल्याएको छ।

वडा अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र) का अनुसार अटो सेवाबाट आर्थिक रूपमा कमजोर वर्गले आकस्मिक अवस्थामा स्वास्थ्य संस्था ,वडा वा गाउँपालिका कार्यालय पुग्न  सहज हुने अपेक्षा गरिएकोछ।