रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन
156 पटक पढिएको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।
सामाजिक अभियन्ता युवराज पौडेल सफलले राष्ट्रिय पहिचान र धार्मिक आस्था भएको घण्टीलाई कुनै पनि दलको चुनाव चिन्ह बनाउन नमिल्ने र स्वतन्त्र शब्दले उम्मेदवारहरूलाई समेत असर पार्ने भन्दै संशोधनको माग गरेर आयोगमा निवेदन दिएका हुन् ।
आयोगले उनको निवेदन दर्ता गरेको छ ।
उनले निवेदनमा भनेका छन्-
‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको स्वन्तन्त्र भन्ने शब्दको चिर हरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार सिद्धान्त उद्देश्य नीति,कार्यक्रमहरूको आवश्यकता पर्ने गर्दछ अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन पार्टीले आफ्ना कार्यक्रमहरू स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैँ स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु अनुरोध गर्दछु ।’








Become our affiliate and watch your wallet grow—apply now! https://shorturl.fm/XlnGw
Monetize your audience—become an affiliate partner now! https://shorturl.fm/4f4Fd
Share our products and watch your earnings grow—join our affiliate program! https://shorturl.fm/WRbIB
Turn referrals into revenue—sign up for our affiliate program today! https://shorturl.fm/D5hTS
Start earning on autopilot—become our affiliate partner! https://shorturl.fm/SwsxG