जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

219 पटक पढिएको

१ श्रावण २०८२, बिहीबार २०:३८ सम्पादक: धादिङ न्यूज

डोल्पा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसै गरी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले उक्त मुद्दामा २ महिना २३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लगि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जनाएको छ ।