स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

329 पटक पढिएको

६ श्रावण २०८२, मंगलवार १५:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भएकी २९ वर्षीया जुनु राना थापा मगर र काठमाडौं महानगरपालिका-३२ बस्ने बर्दिया गुलरिया नगरपालिका-२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् ।

पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका-१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।