अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा फोटो सार्वजनिक नगरिने

189 पटक पढिएको

७ श्रावण २०८२, बुधबार २२:१३ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । प्रहरीले कुनै पनि अभियोगको अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिको तथा भिडियो सार्वजनिक नगर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै आरोपितको फोटो तथा भिडियो सार्वजनिक नगर्न परिपत्र गरेको छ ।

अब प्रहरीले गम्भीर अपराधमा पक्राउ परेका आरोपितको नाम र ठेगानाबाहेक फोटो र भिडियो सार्वजनिक गर्ने छैन । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले महान्यायाधिवक्ता कार्यालयकै निर्देशनअनुसार पहिलो चरणमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न पत्राचार गरिएको जानकारी दिए ।