धादिङ अस्पताल सहित देशभरका ६७ अस्पतालमा जेष्ठ नागरिकलाई उपचारमा छुट
273 पटक पढिएको
काठमाडौं- धादिङको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पताल सहित देशभरका ६७ वटा अस्पतालले जेष्ठ नागरिकको उपचार सेवामा छुट सेवा दिने भएका छन् ।
सरकारले ज्येष्ठ नागरिकलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने अस्पतालको संख्या विस्तार गर्दै देशभरमा ६७ वटा वटा पु¥याएको छ ।
मन्त्रालयले यो आर्थिक वर्षमा दुई वटा अस्पतालमा सेवा विस्तार गर्दै छुटदेखि नि:शुल्क सेवा प्रदान गर्ने अस्पतालको संख्या देशभरमा ६७ पुर्याएको हो। यो आर्थिक वर्षमा रुकुम पूर्व अस्पताल र भीम अस्पतालमा सेवा थप हुने भएको हो।
जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन २०८२/८३ मा देशभर ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन उमेरका नागरिकलाई कति हुन्छ छुट?
मार्गदर्शन अनुसार यी अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ।
७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत छुट पाउने छन्।
८० देखि ८४ वर्षसम्मकाले ७० देखि ७९ वर्षसम्मका नागरिकले पाएको सेवाभन्दा थप सुविधा पाउने छन्।
८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु नि:शुल्क हुने व्यवस्था छ। तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागु नहुने मार्गदर्शनमा उल्लेख छ।
अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने मार्गदर्शनले व्यवस्था गरेको छ।
यी हुन् सेवा प्रदान गर्ने ६७ अस्पताल










https://shorturl.fm/baRVh
https://shorturl.fm/jLqc0
https://shorturl.fm/EETmX
https://shorturl.fm/KyP1o
https://shorturl.fm/5vPCq
https://shorturl.fm/8NN6m